एनएलजी इन्स्योरेन्सको लगानी ३ अर्ब नजिक, कुन क्षेत्रमा कति?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार यस कम्पनीले ‘क’ वर्गको बैंकिङ्ग क्षेत्रमा सर्वाधिक लगानी गरेको छ। कम्पनीले यो क्षेत्रमा मात्रै २ अर्ब ५ करोड ७४ लाख रुपैयाँ लगानी गरेको देखिएको छ।
त्यस्तै कम्पनीले ‘ख’ वर्गको बैंकमा २८ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ भने ‘ग’ वर्गको बैंकमा ५ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ। यस कम्पनीले बैंकहरूको अग्राधिकार शेयरमा पनि १८ करोड ४३ लाख रुपैयाँ लगानी गरेको देखिएको छ।
प्राधिकरणद्वारा सार्वजनिक तथ्यांकअनुसार कम्पनीले सूचीकृत कम्पनीको शेयरमा ६ करोड ३६ लाख रुपैयाँ र अन्य संस्थापक शेयरमा १७ करोड ४८ लाख रुपैयाँबराबरको लगानी गरेको छ।
यस कम्पनीले इन्भेष्टमेन्ट र सूचीकृत नभएको कम्पनीको शेयर र कृषि उत्पादन, सौर्य ऊर्जा, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भने लगानी गरेको छैन।
यता नागरिक लगानी कोष र म्युचुअल फण्डमा भने ५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ भने अन्य क्षेत्रमा पनि कम्पनीले १ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ।