रिलायबल नेपाल लाइफद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
१० पुष २०८१, बुधबार ११:४७
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै बिराटनगर शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार बजार अनुगमनको अनुभव भएका उम्मेद्वारलाई बढी प्राथमिकता दिने भएको छ । उक्त पदमा आवेदन दिन इच्छुक नागरिकले आफ्ना आवश्यक कागजातसहित कम्पनीको आधिकारी इमेल मार्फत आवेदन दिन सक्नेछन् ।