बिदाका दिन समेत अधिकांश बैंकका शाखा खुला, ग्राहकलाई सेवा निरन्तर
१० पुष २०८१, बुधबार ११:१८
काठमाडौँ । क्रिसमस डेको अवसरमा सरकारले देशभर बिदा दिएको भए पनि अधिकांश बैंकहरूले आज केही शाखा खुला राखेर ग्राहकहरूलाई सेवा प्रदान गरेका छन्।
ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै बैंकहरूले विभिन्न स्थानमा शाखा खोलेका हुन्। यसले विशेषतः नगद जम्मा तथा निकासी, चेक क्लियरिङ र अन्य अत्यावश्यक बैंकिङ सेवा लिन चाहने ग्राहकहरूलाई सुविधा दिएको छ।
कुन-कुन शाखा खुलेका छन् भन्ने जानकारीका लागि ग्राहकहरूले आफ्नो बैंकको आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।