अमेरिकी डलरको मूल्य पुनः नयाँ उचाईमा

१० पुष २०८१, बुधबार ०७:४६

काठमाडौं । बुधबार पनि अमेरिकी डलरको नयाँ उचाई कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरले आज पनि नयाँ मूल्य कायम गरेको हो।

यस दिन एक अमेरिकी डलरको खरिददर १३६.०३ रुपैयाँ र बिक्रीमूल्य १३६.६३ रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो। मंगलबार डलरको खरिददर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ रेकर्ड कायम भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*