चार कम्पनीको शेयर मूल्य समायोजन, अब कुनको कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चार कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । समायोजन भएका कम्पनीमा माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्त रहेका छन् ।
मंगलबार माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस सेयरको आधारमा शेयर मूल्य समायोजन गरी ६३३ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसअघि सो कम्पनीको अन्तिम कारोबार मूल्य ७२८ रुपैयाँ २० पैसा रहेको थियो ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरको आधारमा समायोजन गरिएको मूल्य २,४६२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । यस कम्पनीको अन्तिम कारोबार मूल्य २,७०९ रुपैयाँ रहेको थियो ।
आरएसडिसी लघुवित्तको ९।५० प्रतिशत बोनस सेयरपछि समायोजन गरिएको मूल्य ६७३ रुपैयाँ ६ पैसा तय भएको छ । यसअघि अन्तिम कारोबार मूल्य ७३७ रुपैयाँमा भएको थियो ।
त्यसैगरी, मिथिला लघुवित्तको १४।२५ प्रतिशत बोनस सेयरपछि समायोजन गरी मूल्य १,५०७ रुपैयाँ २२ पैसा कायम गरिएको छ, जबकि अन्तिम कारोबार मूल्य १,७२२ रुपैयाँ थियो ।
आज, समायोजन भएका मूल्यका आधारमा यी कम्पनीहरुको शेयर कारोबार हुनेछ । नेप्से नियमअनुसार, समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भई पहिलो कारोबार हुने प्रावधान रहेको छ ।