केडिया ग्रुपले ‘नेपाल भलिबल लिग’ आयोजना गर्ने

९ पुष २०८१, मंगलवार १७:४१

काठमाडौँ । केडिया ग्रुपले नेपाल भलिबल लिग आयोजना गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाईमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने उद्देश्यले उक्त लिग आयोजना गरिएको हो ।

विद्यालयस्तरका बालबालिकादेखि विभिन्न उमेरसमूहका मानिसहरु भलिबल खेल्ने अनि हेर्नेमा पनि रुचि राख्दछन् । त्यसकारण नेपाल भलिबल लिगको सुरुवात गरी स्थानीय रुपमा भलिबल खेलको व्यावसायिक तथा सामाजिक विकास गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्ने सोच बनाएको केडिया ग्रुपले जनाएको छ ।

नेपाल भलिबल लिगको लोगोले भलिबल खेल नेपालमा गतिशिल रुपले विकास भइरहेको जानकारी गराएको छ । यसमा प्रयोग भएको रङले पनि राष्ट्रको झण्डालाई झल्काएको छ । समग्रमा लोगोले खेलमा एकता र गतिशीलताको भावनालाई एउटा सन्देशको रूपमा व्यक्त गरेको छ ।

केडिया ग्रुपले उक्त नेपाल भलिबल लिगको लागि ‘उचाईको नयाँ उडान’ स्लोगन तयार गरेको छ । नेपाल भलिबल संघको समन्वयमा समग्र नेपाली भलिबलको विकास र विस्तारका लागि ‘उचाईको नयाँ उडान’ लाई आफ्नो नेपाल भलिबल लिगको स्लोगन बनाएको हो ।

नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा सुरु हुनेछ । यस लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीहरुका साथै विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहनेछ ।

यो प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीहरूको सहभागिता सुनिश्चित गर्नेछ र खेलाडीहरूको लागि नयाँ अवसरको सृजना गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप नयाँ उच्चाइमा पुरÞ्याउने लक्ष्य केडिया ग्रुपले राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*