रिलायबल नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

२७ भाद्र २०७८, आईतवार १५:२४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कम्पनीको हाकिमचोकस्थित शाखाले भरतपुर गाडेंन रिर्साट चितवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको लुम्बिनी प्रदेश प्रमुख सुरेन्द्र थापा, क्षेत्रीय प्रमुख राजेन्द्र पौडेल, शाखा प्रमुख राजकुमार दाहाल , शाखा मार्केटिङ प्रमुख  सुरेन्द्र गिरी, टप एजेन्सी, एमडिआरटी, अभिकर्ता र उक्त शाखाका कर्मचारीको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा उक्त शाखाका प्रथम गंगा कुमारी कार्की, दोस्रोमा धमेन्द्र जंग रायमाझी जंग रायमाझी र तेस्रोमा शमिर्ला तामाङ लाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा सन् २०२० का एमटिआरटी धमेन्द्र जंग रायमाझीलाई र अन्य विभिन्न विधामा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*