एमालेलाई १० रोपनी जग्गा दान मुद्दामा सर्वोच्च अदालतले के के देख्यो ? (फैसलासहित)

९ पुष २०८१, मंगलवार १६:२७

काठमाडौँ । सर्वोच्च अदालतले एमाले र भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मिनबहादुर गुरुङबिचको जग्गा दान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशअनुसार, दान लिएको भनिएको १० रोपनी १४ आना जग्गाको हक हस्तान्तरण लगायतका कुनै पनि काम नगर्न–नगराउन आदेश जारी गरिएको छ।

न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले दुवै पक्षबीचको विवादलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८ को उल्लङ्घन हुन सक्ने आधारमा प्राथमिक दृष्टिमा विचार गर्दै यो आदेश जारी गरेको हो। विपक्षी एमालेले भाटभटेनीका संचालक गुरुङबाट उक्त जग्गा दान लिएको विषय सार्वजनिक भएपछि यसले राजनीतिक प्रभाव र पारदर्शिता नष्ट गर्ने सम्भावना रहेको निवेदकको दावीलाई अदालतले गम्भीरताका साथ लिएको छ।

यस मुद्दामा विपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले र भाटभटेनीका संचालक गुरुङले संविधान, ऐन र नियमावलीअनुसार जवाफ दिन १५ दिनको म्याद तोकिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*