जीवन बीमकद्वारा मंसिर महिनामा १२ अर्ब बीमा शुल्क आर्जन, कुनको कति ?
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
मंसिर महिनामा नेपाल लाइफले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले तीन अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन मंसिर महिनामा भित्र्याउन सफल भएको छ । दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले तीन अर्ब ३५ करोड ५२ लाख रुपैयाँ र नेशनल लाइफले एक अर्ब ५४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।
साथै, यस महिनामा हिमालयन लाइफले एक अर्ब २० करोड रुपैयाँ, एशियन लाइफले ६१ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले ४५ करोड ६८ लाख रुपैयाँ, आइएमई लाइफले ३५ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् ।
सूर्यज्योति लाइफले ७४ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५३ करोड ८० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३१ करोड ४५ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।