नेप्सेमा उछाल, निर्जीबन बीमा कम्पनीको शेयरमूल्यमा फड्को

२७ भाद्र २०७८, आईतवार १५:२४

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा  हरियाली छाएको छ । । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बृद्धि भई २९४७.४२ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समुह बाहेका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक प्रतिशतका आधारमा हाइड्रोपावर समूहमा ६.३७ प्रतिशतले बृद्धि भएको छ भने रुपैयाँका आधारमा अघिल्लो कारोबार दिनको तुलनामा निर्जीबन बीमा समुहमा ४२४ रुपैयाँ ७७ पैसाले बृद्धि भएको छ ।

आइतबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ७३ करोड ७७ लाख ८ हजार ६८५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आज १० वटा कम्पनीको शेयरमा सर्किट लागेका छ । सर्किट लाग्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स डभेलपमेन्ट बैंक, अपि पावर, अरुण काबेली पावर, छ्याङ्दि हाइड्रोपावर, पाँचथर पावर, लिबर्टी इनर्जी पावर, सानिमा लाइफ र हिमालयन पावर पार्टनर रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*