पाँच महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२ अर्ब ४७ करोड, कसको कति ?
काठमाडौं । चालु आवको पाँच महिनामा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले कूल १२ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् ।
बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो मंसिर महिनामा मात्रै दुई अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएको छ ।
तथ्याङ्क अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । सो कम्पनीले पाँच महिनामा तीन अर्ब २१ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी, दोस्रो नम्वरमा नेशनल लाइफ रहेको छ । सो कम्पनीले एक अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, तेस्रोमा एलआईसी नेपालले एक अर्ब दुई करोड ७० लाख रुपैयाँ संकलन गरेको छ । चौथोमा हिमालयन लाइफ पर्न सफल भएको छ । सो कम्पनीले ९४ करोड रुपैयाँ संकलन गरेको छ ।