बजार दोहोरो अकंले बढ्योः परिसूचक २६२६ बिन्दु पुग्दा ५ अर्बमाथिको कारोबार, आशावादी लगानीकर्ता

९ पुष २०८१, मंगलवार १५:०६

काठमाडौँ । राताम्य बजारले आज पनि लय लिएको छ । सोमबार दोहोरो अकंले बढेको बजार आज पनि हरियाली देखिएको हो ।

नेपालको पुँजी बजार हल्लाले बढी प्रभावित हुने गरेको छ । जसको कारण हो आवश्यक ज्ञान नहुनु । पुँजी बजारमा सीमित स्वार्थ बोकेकाहरुले भर्खर बजार प्रवेश गरेका लगानीकर्तालाई आफ्नो इसारामा नचाउँछन् । आफ्नो स्वार्थ पुरा भएपछि ठुला लगानीकर्ता एक्जिट हुन्छन भने नवप्रवेशी लगानीकर्ता फस्छन् ।

सोहिको सिकार अहिलेको शेयर बजार भएको छ । हलहलैमा लगानी गर्ने लगानीकर्ता बढ्दै जाँदा बजार ठुला लगानीकर्ताको इसारामा नाच्ने गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.११ अकंले बढेर २६२६.३१ बिन्दुमा कायम भएको छ । आज३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।

आज ११ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको १.७५ प्रतिशत, फाइनान्स समूहको १.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*