जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ६५ अर्ब माथि, कुनको कति ? (सूची सहित)

९ पुष २०८१, मंगलवार १४:४९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिमा साढे ६५ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ६५ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिमा पनि सदाझै सर्वाधिक कारोबार गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै कारोबारमा अग्रस्थानमा रहेको छ। १८ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा नेशनल लाइफ कम्पनीको ७ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले पाँच महिनाको अवधिमा ७ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

चौथौमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्य ज्योति लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ३३ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

तयस्तै, मेट लाइफले २ अर्ब ३३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, रिलायबल नेपालले १ अर्ब ९२ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*