शिखर इन्स्योरेन्स कम्पनीको कुन क्षेत्रमा कति छ लगानी ?
९ पुष २०८१, मंगलवार १३:२१
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जिवन बीमा बजारमा अग्रस्थानमा कारोबार गर्दै आईरहेको कम्पनी हो ।
कम्पनीले क वर्गको बैंकमा सबैभन्दा धेरै लगानी गरेको नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ। कम्पनीले क वर्गको बैंकमा २ अर्ब ५० करोड रुपैयाँ रकम मुद्धती निक्षेपमा संचिति गरेको छ।
बैंकको अग्राधिकार शेयरमा ७६ करोड रुपैयाँ लगानी रहेको छ भने ख वर्गको बैंकमा ४८ करोड रुपैयाँ लगानी रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार अन्य संस्थापक शेयरमा ३० करोड ८४ लाख रुपैयाँ, कृषि उत्पादन, सौर्य, सडक, शिक्षा, स्वास्थ्यमा २९ करोड १७ लाख रुपैयाँ, सूचीकृत कम्पनीको शेयरमा १२ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा १२ करोड ११ लाख रुपैयाँ, अन्य लगानीमा ६ करोड ६१ लाख रुपैयाँ र ग वर्गको बैंकमा ३ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।