आत्मनिर्भर लघुवित्तको शेयर कारोबार फुकुवा

९ पुष २०८१, मंगलवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ। अघिल्लो दिन नेप्सेले उक्त कम्पनीले लाभांश घोषणा गरी समयमै जानकारी नदिएको भन्दै शेयर कारोबार रोक्का राखेर स्पष्टीकरण सोधेको थियो।

लघुवित्तको पुस ७ गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको तर नेप्सेमा पुस ८ गते सवा १२ बजे (कारोबार समयमा) सोको जानकारी दिएको भन्दै कारोबार रोक्का गरिदिएको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा जानकारी दिनुपर्ने प्रावधान छ।

संस्थाले नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिवद्धता जनाएर शेयर कारोबार फुकुवा गर्न निवेदन दिएपछि नेप्सेले उक्त कम्पनीलाई सचेत गराउँदै शेयर कारोबार फुकुवा गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*