वर्णबास म्युजियम होटलले आइपीओ निष्काशन गर्ने
९ पुष २०८१, मंगलवार १०:४७
काठमाडौँ । वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले साधारण शेयर जारी गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नछ ।
साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक नियुक्त गर्नेछ ।