१५% लाभांश प्रस्ताव सहित आत्मनिर्भर लघुवित्तले बोलायो साधारणसभा

९ पुष २०८१, मंगलवार १०:१५

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते सोमबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले होटल माला इन घोराही, दाङमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ संस्थाले पुस १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस १४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*