अरुण काबेली पावरको १७.८९ प्रतिशत लाभांश पारित

२७ भाद्र २०७८, आईतवार १४:२१

काठमाडौं । अरुण काबेली पावर कम्पनीले १७.८९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न ११ औं वार्षिक साधारण सभाले १७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सोही प्रतिशतको बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । सभाले उक्त चुक्तापूँजीको आधारमा १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज गरेको थियो । जसअनुसार भदौ १४ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाएका छन् ।

कम्पनीको ११ औं वार्षिक साधारण सभा भदौ २६ गते शनिबार प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*