नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनस शेयर समायोजन
८ पुष २०८१, सोमबार १८:०१
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।
सोमबारको अन्तिम कारोबार मूल्य ५३७ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४८८.१८ रुपैयाँ कायम भएको छ ।