नेपाल लाइफ इन्स्योरेन्सको कहाँ–कहाँ छ लगानी ?

८ पुष २०८१, सोमबार १६:५०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाली जीवन बीमाको बजारमा अग्रस्थानमा कारोबार गर्दै आईरहेका कम्पनी हो ।

कम्पनी व्यवसायिक रुपमा मात्रै नभई वित्तिय रुपमा नै निकै बलियो छ । कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित गरेको छ।

व्यवसायिक र वित्तिय सूचांकको आधारमा बलियो बन्दै आएको कम्पनीले बैकको मुद्धती निक्षेपदेखि लगानीको क्षेत्रमा १ खर्ब ७४ अर्ब रुपैयाँ लगानी गरेको छ ।

नेपालको बीमा क्षेत्र तथा बीमा कम्पनी कति बलिया र सुरक्षित छन् भनेर अनुमान गर्ने धेरै आधार मध्ये एउटा हो, उनीहरूले गर्ने लगानी।

बिमितबाट संकलित शुल्कबाट ती कम्पनीहरूले गर्ने लगानीको स्थितिलाई हेरेर पनि आकलन गर्न सकिन्छ, उनीहरूको वास्तविक स्थिति।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक तथ्यांकलाई नै आधार मान्दा पनि नेपाल लाइफकोे लगानीको रोजाई जोखिमयुक्तमा क्षेत्र नभई सुरक्षित क्षेत्र देखिन्छ। प्राधिकरणले लगानीको सीमा तोके पनि कम्पनीको लगानीको रोजाई बैंक तथा वित्तीय संस्थामा राखिने मुद्दती निक्षेप रहेको पाइन्छ। उनीहरूले गर्ने कुल लगानीको हिस्सामा मुद्दती निक्षेपकै अंश बढी छ।

कम्पनीले बैंकको मुद्धती निक्षेपमा मात्रै १ खर्ब ५७ अर्ब रुपैयाँ राखेको छ। त्यसबाहेक बीमा प्राधिकरणले निश्चित छुटएको लगानीको क्षेत्रमा १७ अर्ब २६ करोड रुपैयाँ मात्रै लगानी गरेको छ।
कम्पनीले सबैभन्दा धेरै क वर्गको बैंकको मुद्धती निक्षेपमा १ अर्ब ४२ अर्ब रुपैयाँ र ख वर्गको बैैंकमा १४ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ।

त्यस्तै, बैंकहरुको अग्राधिकार शेयरमा ५ अर्ब ६० करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा ४ अर्ब ४८ करोड रुपैयाँ, सूचीकृत कम्पनीको शेयरमा ३ अर्ब ३३ करोड रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा १ अर्ब ८० करोड रुपैयाँ, कृषि, उत्पादन, सौर्य, सडक, शिक्षा, स्वास्थ्य, १ अर्ब ३३ करोड रुपैयाँ, अन्य लगानी ४५ करोड ३० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा २२ करोड २७ लाख रुपैयाँ, सूचीकृत नभएको कमपनीको शेयर ४७ लाख रुपैयाँ लगानी गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*