शेयर बजार बढ्दा १९४ कम्पनीका लगानीकर्ता बने मालामाल
८ पुष २०८१, सोमबार १५:१७
काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.९ अंकले बढेर २६१२.२० को बिन्दुमा कायम भएको छ ।
.शेयर बजार बढेसँगै १९४ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा सपोर्ट माइक्रोफाइनान्स, सुपरमादी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज बलेफी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर लिमिटेड, सयपत्री हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।