जानकी फाइनान्स र जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
८ पुष २०८१, सोमबार १५:०७
काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.९ अंकले बढेर २६१२.२० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै जानकी फाइनान्स र जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज जानकी फाइनान्सको १८ करोड ८४ लाख रुपैयाँ र जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, मोलुङ हाइड्रोपावरको पनि ११ करोड ३८ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको नौ करोड ९२ लाख रुपैयाँ र रिभर फल्सु पावरको नौ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।