नगरकोट रिसोर्टले आइपीओ निष्कासन गर्ने
८ पुष २०८१, सोमबार १०:५८
काठमाडौँ । नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनप्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।