नेपाल ल्युब आयलद्धारा ३० औं वार्षिक साधारण सभा आह्वान, ३५% लाभांश घोषणा

२७ भाद्र २०७८, आईतवार १२:५७

काठमाडौं । नेपाल ल्युुब आयम निगमले वार्षिक साधारण सभाको मिति तय गरेको छ । निगमले ३५ प्रतिशत लाभाश पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैंठकले ३० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश पारित गर्न बार्षिक साधारणसभा आह्वान गरेको हो ।

सोही बैठकले ३० औं बार्षिक साधारसभाका लागि असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल ललितपुरमा र्भचु्अल माध्मयबाट बिहान साढे ११ बजेदेखि गर्ने निर्णय गरेको हो ।

साधारणसभा प्रयोेजनका लागि कम्पनीले असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज ४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभाशं र साधारण सभामा भाग लिन पाउने छन् ।

यसका साथै उक्त सभाले संचालक समितिको प्रतिवेदनमाथी छलफल गरी पारीत, आय विवरण, नगद प्रवाहमा छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*