आज डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

८ पुष २०८१, सोमबार ०७:५५

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३५.७३ रुपैयाँ र बिक्रीमूल्य १३६.३३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि डलर यही मूल्यमा कारोबार भएको थियो।

आज अष्ट्रेलियन डलरको खरिदभाउ ८४.८४ रुपैयाँ र बिक्रीभाउ ८५.२१ रुपैयाँ तोकिएको छ। यता युरोको खरिदमुल्य १४१.५७ रुपैयाँ र बिक्रीमूल्य १४२.१९ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार आज १० जापानिज यनको खरिददर ८.६८ रुपैयाँ र बिक्रीदर ८.७२ रुपैयाँ छ भने १०० कोरियन वोनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*