जीवन विकास लघुवित्तको २१ लाख कित्ता शेयर बिक्रीमा, मूल्य ५२५ देखि ६०० रुपैयाँसम्म

८ पुष २०८१, सोमबार ०९:०४

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २१ लाख ३० हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

लघुवित्तका १२ जना संस्थापक शेयरधनीहरूले आफूहरूको शेयर बिक्रीमा राखेका हुन्। बिक्रीकर्तालाई कोड नम्बर एदेखि एलसम्म छुट्याइएको छ।

शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ। यी शेयर हाल कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्।

संस्थापकबाट ३५ दिनभित्र शेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*