महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने

२७ भाद्र २०७८, आईतवार १२:४३

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवासंग महालक्ष्मी लाईफ सम्बन्धी कार्यक्रम संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्त कार्यक्रम अन्तर्गत १६ बर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युुवालाई रोजगारी अवसर सिर्जनाका साथै बीमा जनचेतना कार्यक्रम दिन छ । संचालक समितिको भदौ २५ गते बसेको बैठकले २ बर्षे अभियानमा आर्थिक बर्ष २०७८।०७९ भित्र २५ जिल्ला र आर्थिक बर्ष २०७९।०८० मा बांकी जिल्लालाई दिने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरीका कम्पनी बरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने छ । कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने कम्पनीको जिल्ला स्थित बरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*