१२ सय मासिक तलबबाट बीमा प्राधिकरण प्रवेश गरेका राजेन्द्र खतिवडाले लिए अवकाश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका राजेन्द्र खतिवडाले ३० बर्षे पदावधि पूरा गरी प्राधिकरणबाट अवकाश लिएका छन् ।
बीमा प्राधिकरणले एक कार्यक्रमको आयोजना गर्दै कार्यालय सहयोगी राजेन्द्र खतिवडाको बिदाई गरेको हो । प्राधिकरणका उप निर्देशक, निर्देशक र सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा राजेन्द्र खतिवडालाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।
सो अवसरमा ३० बर्षको कार्यकालमा आफूले संस्थामा बिताएका पलहरुको स्मरण समेत गरेका थिए । यस अवधिमा आफूले गरेका गरेको छ ।
३० बर्ष अघि भुकुटीमण्डपको भाडाको घरमा १२,१३ जना कर्मचारीहरुबीच सुरु गरिएको भवनबाट सुरु भएको उनको जागिरे जीवन सकिएको छ।
सुरुमा १२ सय मासिक तलबबाट जागिरे जीवन सुरु गरेका खतिवडाले बीमा प्राधिकरणप्रतिको प्रगाढ माया सदैव रहिरह्ने बताएका छन् ।