पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात हुँदा ७३ अर्ब ६५ करोडको निर्यात
काठमाडौँ । चालु आर्जिक वर्ष २०८१।८२ को पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा गरेको यस्तो आयात ३ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ६ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको थियो ।
यो अवधिमा नेपालले ७३ अर्ब ६५ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालले गरेको यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८०।८१ को पहिलो पाँच महिनामा नेपालले ६३ अर्ब २० करोड रुपैयाँको निर्यात गरेको थियो ।
चालु आवको पहिलो पाँच महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा १.५२ प्रतिशतले बढेको छ भने नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले बढेको छ ।
यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब रुपैयाँको छ । तथ्यांक अनुसार नेपालले ११.८२ प्रतिशतको आयात गर्दा १.१६ प्रतिशतको मात्रै निर्यात गर्ने गरेको छ ।