यी हुन् सहकारी ठगीमा रवि लामिछानेसँगै मुद्दा लगाइएका ३१ अभियुक्त (नामसहित)

७ पुष २०८१, आईतवार १५:४०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जना व्यक्तिहरूविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा आइतबार मुद्दा दायर गरिएको छ। यस मुद्दामा पाँचजना व्यक्तिहरू र आठ वटा कम्पनीलाई पनि कसुरजन्य सम्पत्ति जफतको प्रयोजनका लागि विपक्षीको रुपमा समावेश गरिएको छ।

मुद्दामा आरोपित आठजना व्यक्तिहरू अहिले थुनामा छन् भने बाँकी २३ जना फरार छन्। यि आरोपितहरूको सूचीमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट लगायतका नाम छन्।

त्यसैगरी, अन्य प्रतिवादीको सूचीमा दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेल पनि समावेश छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*