आइएमई पेबाट ट्राभल बुकिङमा १००% क्यासब्याकको अफर

७ पुष २०८१, आईतवार १४:०४

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १००% क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने अफर अन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १००% क्यासब्याक जित्ने मौका पाउनेछन् ।

अफर अन्तराल भरी हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मुल्यको १००% क्यासब्याक जित्ने मौका रहेको छ । विजेताहरु दैनिक लक्की ड्र मार्फत छानीनेछन्।

‘यस्ता ग्राहकमैत्री अफरहरु प्रदान गरेर, हामी हाम्रा सेवाग्राहीहरूका लागि कुनै पनि चाडपर्व र सिजनलाई अझ विशेष बनाउने आशा गर्दछौं । हामी सबैलाई यस अवसरको फाइदा उठाउन र डिजिटल भुक्तानीको सुविधा र फाइदाहरू अनुभव गर्न प्रोत्साहि गर्दछौं’ आइएमई पेका एक अधिकारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*