ग्रिन भेन्चर्सद्वारा लाभांश घोषणा
७ पुष २०८१, आईतवार १३:५१
काठमाडौँ। ग्रिन भेन्चर्स कम्पनीले लाभां घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशन बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।