सामुदायिक लघुवित्तको बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत

२७ भाद्र २०७८, आईतवार ११:३७

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको जनाएको हो ।

संस्थाको आर्थिक वर्ष २०७७।०७८ को बाह्य लेखापरिक्षण गर्न नियुक्त भएको जे.डि एशोसियट्स नयाँ बानेश्वर काठमाडौंले भदौ २२ गते असहज परिस्थितिका कारण जनाई उक्त आवको बाह्य लेखापरीक्षणको कार्य गर्न नसक्ने जनाई राजीनामा दिएको हो ।

सोही अनुसार कम्पनीको संचालक समितिको भदौ २४ गते बसेको १७५ औं बैठकको निर्णयले सोही मितिदेखि नै एशोसियट्सको राजीनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*