लाभांश पारित गर्न आइसीएफसी फाइनान्सले बोलायो साधारणसभा
७ पुष २०८१, आईतवार ०७:३२
कठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले यही पुुस २९ गते सोमबार एक्काइसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
सभाले चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक टुङ्ग्याउनेछ भने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।