डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन

२७ भाद्र २०७८, आईतवार ११:१५

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिद गर्ने भोली (सोमबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले संस्थापक शेयरधनी विष्णु प्रसाद पाठकले बिक्री गर्न चाहेको ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा भोली (सोमबार) बेलुका ४ बजे खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*