अरुण भ्याली हाइड्रोपावरको क्रेडिट रेटिङ सुधार, वित्तीय व्यवस्थापनमा अब्बल

५ पुष २०८१, शुक्रबार १५:५९

काठमाडौँ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर-एनपी बीबी माइनस (इस्युअर)’ बाट सुधार गरी ‘केयर-एनपी बीबी प्लस (इस्युअर)’ मा पुर्‍याएको छ। यससँगै, कम्पनीको रेटिङमा रहेको नकारात्मक संकेत हटाइएको छ।

‘केयर-एनपी बीबी प्लस (इस्युअर)’ रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। यो रेटिङ नेपालमा मध्यम जोखिमको संकेतक मानिन्छ। यो रेटिङ कम्पनीको वित्तीय स्थायित्व र दायित्व पूरा गर्ने क्षमतामा सुधार भएको सङ्केत हो।

कम्पनीले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल ऋण-इक्विटी अनुपात ०.२५ गुणा भन्दा नबढाउने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्त गर्न कम्पनीले वित्तीय व्यवस्थापनमा सुधार गर्ने योजना बनाएको छ। यसले कम्पनीको वित्तीय स्थायित्वमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*