नेपाल चिया विकास निगमले आइपीओ जारी गर्ने

५ पुष २०८१, शुक्रबार १३:५४

काठमाडौँ । नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ। सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ।

यस साधारण सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव र सर्वसाधारणमा शेयर विक्री गर्ने विषयमा छलफल गरिनेछ। उक्त प्रस्तावलाई पारित गर्ने निर्णय सभाले गर्नेछ। साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*