कुनै बीमा कम्पनीमाथि कारवाही गर्नु नपरोस, आफैँ सचेत हुनुहोलाः कामु अध्यक्ष दाहाल

५ पुष २०८१, शुक्रबार १३:३०

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले कुनै पनि बीमा कम्पनीमाथी कारबाही गर्न नपरोस भन्दै चेतावनी दिएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको बीमा क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले सबै बीमा कम्पनीहरुलाई नीति नियममा रहेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले नेपाली बीमा क्षेत्र तपाई हामी सबैको भएको जिकिर गर्दै सबै बीमा कम्पनीहरुले प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

बीमा कम्पनीबीच रहेको प्रतिस्पर्धालाई बीमा क्षेत्रको विकासमा टेवा पुग्ने उनको धारणा छ । उनले भने, ‘बीमा कम्पनीहरुबीच अहिले थुप्रै प्रतिस्पर्धा रहेको छ । यसलाई बीमितको हितमा व्यवस्थीत रुपले प्रयोग गर्नुस्।’

अध्यक्ष दाहालले नेपाली बीमा क्षेत्रमा रहेका सबै प्रकारका समस्या समाधानको लागि प्राधिकरण सधै तयार रहेको समेत बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*