बीमितलाई गुणस्तरीय सेवा दिन आवश्यक छः अध्यक्ष पौडेल

५ पुष २०८१, शुक्रबार १३:४८

काठमाडौँ । जीवन बीमक संघ (नेपाल)का अध्यक्ष पोषकराज पौडेलले आम बीमितहरुलाई गुणस्तरीय सेवा दिन आवश्यक रहेको बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको सामाजिक संवाद कार्यक्रममा बोल्दै हामिले दिने सर्भिसलाई क्वालिटीसँग दाजेर आउँदो दिनमा अझै गुणस्तरी बनाउन आवश्यक रहेको बताएका हुन् ।

मानिसहरुलाई क्वालिटी सेवा दिन हामीले इको सिस्टम बनाएर अगाडि बढ्न पर्ने उनको भनाइ छ ।

मानिसहरुलाई क्वालिटी सेवा दिन हामीले इको सिस्टम बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘मैले पटक–पटक भन्ने गरेको छु। इको सिस्टम बनाएका अघि बढ्दा बीमा क्षेत्रको सेवा सरल र सहज बन्छ।’ उनले भने ।

दावी भुक्तानी गर्दा बीमित, नेपाल प्रहरी, स्थानीय निकाय लगायत सँग सहकार्य गर्नुपर्छ । यसमा प्राधिकरणले डाटा भेरिफाइ गर्न सहज वातावरण बनाइ दिनुपर्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*