अभिकर्ता र सर्भेयरकाे लाइसेन्स नविकरण गर्नुअघि पुनर्ताजगी तालिम अनिवार्य गर्ने कामु अध्यक्ष दाहालकाे घाेषणा

५ पुष २०८१, शुक्रबार १२:५२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा कार्यरत रहेका दुई लाख बढि बीमा अभिकर्ता र बीमा सर्भेयरहरूको लाइसेन्स नविकरण अघि पुनर्ताजगी तालिम अनिवार्य गरिने घोषणा गरेका छन् ।

नेपाल बित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको सामाजिक संवाद कार्यक्रममा बोल्दै कामु अध्यक्ष दाहालले यस्तो घोषणा गरेका हुन् । दाहालले बीमा अभिकर्ता र सर्भेयरहरूको लाइसेन्स नविकरण अघि पछिल्लो अद्यावधिक तालिम जरूरी भएको बताए ।

प्राधिकरणको कामु अध्यक्ष बनेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै दाहालले उक्त कार्यको लागि बीमा अभिकर्ता र सर्भेयरबाट सहयोग पाइने बताए ।

लाइसेन्स नविकरण अघि तालिम लिने व्यवस्थाले क्षमता अभिबृद्दि हुने र यसले बीमा क्षेत्रकै अवस्था माथि पुग्ने बताए । ‘तपाईहरू सबैले सहयोग गर्नुस, मेरो छोटो अवधीमा बीमा अभिकर्ता र सर्भेयरहरूको क्षमता अभिबृद्दिको लागि तालिम लिने व्यवस्था सम्पन्न गर्नेछु।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*