भिजन लुम्बिनी ऊर्जाको दुई आवको साधारणसभा पुस २७ गते
काठमाडौं । भिजन लुम्बिनी ऊर्जाको पाँचौं र छैटौं वार्षिक साधारणसभा यही पुस २७ गते शनिबार बस्ने भएको छ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान साढे १२ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।
सभाभा गत दुई आव ०७८÷८० र ०८०÷८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंगो लाग्नेछ।
त्यसैगरी ७ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।