प्रभु महालक्ष्मी लाइफको ‘सुपर सुरक्षित सावधिक बीमा योजना’ के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)
काठमाडौँ । प्रभु महालक्ष्म लाइफ इन्स्योरेन्सको सुपर सुरक्षित सावधिक जीवन बीमा योजना अत्याधिक बिक्री हुँदै आएको बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १६ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आवद्ध भएका २५ हजारबढी बीमा अभिकर्ताहरुले देशभरी रहेका ११६ वटा शाखा कार्यालयबाट नागरिकहरुको बीमा गरेर उनीहरुको जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।
आज हामी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सर्वोत्कृष्ट तथा सर्वाधिक बिक्री भइरहेको बीमा पोलिसी ‘सुपर सुरक्षित सावधिक जीवन बीमा योजना’ को बारेमा व्याख्या गर्नेछौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? के के फाइदाहरु छन् भन्नेबारे यहाँ कम्पनीका चिफ ट्रेनिङ तथा डेभलपमेन्ट अफिसर योगेन्द्र प्रसाद खतिवडासँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सम्पादित अंशः
कम बीमाशुल्कमा अधिक रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख निकै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चिततामा पनि ढुक्क हुन सघाउँछ ।
कम्पनीले प्रचलनमा ल्याएको सुपर सुरक्षित सावधिक जीवन बीमा योजना बीमितहरु माझ अत्यन्तै रुचाईएको सावधिक जीवन बीमा हो । यस योजना अन्तर्गत निश्चित अवधिभित्र बीमाशुल्क भुक्तानी गरेमा अवधि समाप्त हुँदाको बखत बीमांक तथा नियमानुसारको आर्जित बोनश एकमुष्ठ प्रदान गर्नु यस बीमा योजनाको मुख्य विशेषता हो ।
न्यून आय भएका नागरिकदेखि विभिन्न क्षेत्रका कर्मचारी, किसान, व्यापारी, शिक्षक, सवारी चालक, उद्योगी तथा सबै प्रकारका मानिसहरुले सर्वाधिक रुचाएको पोलिसी हो, ‘सुपर सुरक्षित सावधिक जीवन बीमा योजना’ ।
विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक रहेको व्यवहारिक बीमा पोलिसी हो ।
यो योजनामा बीमा अवधिको परिपक्वताको अन्त्यमा वा बीमा अवधि अघि बीमित व्यक्तिको असामयिक मृत्युमा लाभार्थीलाई वा बीमितलाई निहित बोनसको साथ बीमाङ्क रकम प्रदान गरिन्छ । साथै, ग्राहकले बीमा शुल्क भुक्तानीका लागि वार्षिक, अर्ध वार्षिक, त्रैमासिक तथा मासिक मध्ये एक रोज्न सकिनेछ ।
कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा पोलिसीलाई सर्वाधिक बिक्री गर्दै आएको बताएका छन् । मानिसको जीवनमा आइपर्न सक्ने दुर्घटना तथा रोग लागि हालेमा उपचार गर्न घातक रोग विरुद्धको सुविधा (सीआईं) समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।
बीमालेख खरिद गर्ने उचित समय कुन हो ?
जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ ।
प्रभु महालक्ष्मी लाइफले यो योजनामा सहभागि हुनका लागि सरल र व्यवहारिक मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा न्यूनतम १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ ।
मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मपदण्डहरु लागु गर्न आवश्यक हुन्छ ।
न्यूनतम् बीमाङ्क रकमः ५० हजार रुपैयाँ,
अधिकतम् बीमांक रकमः पाँच करोड
न्यूनतम प्रवेश उमेरः १८ वर्ष
अधिकतम प्रवेश उमेरः ६५ वर्ष
अधिकतम परिपक्वता उमेरः ७० वर्ष
बीमा शूल्क भुक्तानी तरिकाः वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक
लाभहरू/विशेष सुविधाहरू
मृत्यु वापत भुक्तानी
चालु बीमालेख अन्तर्गत बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनश रकम बीमितद्वारा इच्छाएको व्यक्ति वा नजिकको कानुनी हकवाला व्यक्तिलाई भुक्तानी दिने व्यवस्था रहेको छ ।
मानिसहरुले यो योजना खरिद गरिसकेपछि परिपक्क अवधिसम्म ढुक्क रहन सकिन्छ । यस योजनाले बीमितहरुलाई सीआई देखि लिएर मापदण्ड पुरा भएपश्चात कर्जा सुविधा समेत उपलब्ध गराउन्छ । यस योजनामा दुर्घटनाबाट निधन भएमा बीमांक बराबरको रकम वा बढीमा एक करोड रुपैयाँसम्म अर्थात दुर्घटना वापत दोहोरो रक्षावरण सुविधा समावेश गरिएको छ ।
बीमा अवधि समाप्ती भुक्तानी
चालु अवस्थामा रहेको बीमालेख अन्तर्गत बीमाशुल्कको सम्पूर्ण रकम (अन्तिम किस्ता) भुक्तानी गरी बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखमा उल्लेख भएको बीमांक रकम र नियमानुुसार आर्जित बोनस बीमाअवधि समाप्तीमा बीमितलाई एकमुष्ट भुक्तानी दिइन्छ ।
समर्पण मूल्य
तीन बर्षको बीमाशुल्क भुक्तानी भईसकेपछि र बीमालेख जारी भएको ३ वर्षको अवधि पूरा भईसकेपछि बीमा अवधि मित्र बीमालेखको समर्पण मूल्य प्राप्त गर्न सकिने छ ।
कर्जा सुविधा
तीन बर्षको बीमाशुल्क भुक्तानी भईसकेपछि र बीमालेख जारी भएको ३ वर्षको अवधि पूरा भईसकेपछि बीमालेख चालु रहेको अवस्थामा बीमालेख धितो राखि कुनै पनि समयमा बीमकबाट कर्जा प्राप्त गर्न सकिने छ । कर्जाको रकम बढिमा समर्पण मूल्यको ९०% हुनेछ । कर्जा वापतको रकम नियमित व्याज भुक्तान गरि सावाँ रकम बीमा अवधिभित्र आफ्नो अनुकुलको समयमा भुक्तान गर्न सकिनेछ ।
अतिरिक्त लाभहरुः
दुर्घटना लाभ (एडीबी)
बीमा लेख चालु रहेको अवस्थामा बीमा अवधि भित्र दुर्घटनाको कारणबाट बीमितको निधन भएमा दुई गुणा बीमाङ्क रकम + आर्जित बोनस प्रदान गरिनेछ । दुर्घटना निधन लाभ बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैया सम्मको मात्र लिन सकिनेछ ।
पूर्ण असक्त /अपाङ्ग तथा बीमा शुल्क छुट (टीपीडीए–पीडब्लुबी)
बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणबाट बीमित पूर्ण अशक्त ÷ अपाङ्ग भएमा बीमाङ्क रकमलाई १२० ले भाग गर्दा आउने रकम प्रत्येक महिना १० वर्षसम्म प्रदान गरिनेछ ।
यदि बीमालेख १० वर्ष पुग्नु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको निधन भएमा हकवालालाई वा बीमा अवधि समाप्त भएमा १० वर्ष पुग्न बाँकी रहेको किस्ता रकम एकमुष्ट बीमितलाई प्रदान गरिनेछ ।
दुर्घटनाको कारणबाट पूर्ण अशक्त /अपाङ्ग भए पश्चातको बीमा शुल्क पूर्ण छुट हुनेछ भने अन्य सुविधाहरू यथावत रहनेछन्। पूर्ण अशक्त /अपाङ्ग तथा बीमा शुल्क छुट सुविधा बीमा रकम बराबर अधिकतम एक करोड रूपैया सम्मको मात्र लिन सकिनेछ ।
घातक रोग सम्बन्धी सुविधा (सिआई)
यस योजनामा कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरी ऐच्छिक सुविधा अन्तर्गत १५ प्रकारका घातक रोग सम्बन्धी उपचार खर्च सुविधा लिन सकिनेछ ।
बीमालेख चालु अवस्थामा रही घातक रोग बापत अतिरिक्त शुल्क भुक्तानी गरेको अवस्थामा बीमितलाई सुचिकृत १५ प्रकारका घातक रोगहरु लागेका निरुपण भएमा अधिकतम रु.५० लाखमा नबढ्ने गरी घातक रोग बापतको बीमाङ्क रकम उपचार खर्च बापत प्रदान गरिनेछ । एक पटक घातक रोग बापतको रकम लिइसकेपछि यो सुविधा स्वतः खारेज हुनेछ ।
कसरी बीमा पोलिसी खरिद गर्ने ?
कम्पनीका देशभरी सक्रिय रहेका २५ हजारभन्दा बढी जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका ११६ कार्यालय सञ्जाल मार्फत खरिद गर्न सकिनेछ । यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ ।
दावी भुक्तानी
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दावी भुक्तानी प्रक्रिया पनि निकै सरल र सहज रहेको छ । कम्पनीले आफ्नो ९९ प्रतिशत भन्दा बढी दावी भुक्तानी गरेको दावी समेत गरेको छ ।
कम्पनीका कर्मचारीहरु र अभिकर्ताहरुले दावी भुक्तानी प्रक्रियामा आफू स्वयम् सहभागी भएर सबै कागजात मिलाई सक्दो चाँडो दावी दिने ब्यवस्था गरेको छ ।