शैलेश्वरी पावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

४ पुष २०८१, बिहीबार १२:३९

काठमाडौँ । शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा होटल ए वान प्यालेस शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०(८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*