कृषि विकास बैंकद्वारा लाभांश घोषणा
४ पुष २०८१, बिहीबार १०:२०
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शेयरधनीलाई गत आवको मुनाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।
घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
साथै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश दिने बताएको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयधरनीमा वितरण हुनेछ।