माउन्टेन हाइड्रोको साधारणसभा पुस २४ गते
४ पुष २०८१, बिहीबार ०९:१३
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले यही पुस २४ गते बुधबार नवौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालीमाटीस्थित कालीमाटी व्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषया टुङ्ग्याइनेछ।
त्यसैगरी सञ्चालक समितिको निर्वाचन गर्ने अन्य जलविद्युत आयाजनासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समावेश छन्। सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ।