नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज मंसिर ४ गते बिहीबार नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले पुस ७ गते बुक क्लोज गर्दैछन्। भोलि शुक्रबार र पर्सी शनिबार नेप्से बन्द रहने भएकाले आजसम्म कायम शेयरधनी मात्रै यी दुई कम्पनीको सभाका भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
नेपाल एसबिआई बैंक
यस बैंकले चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारित गर्न पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा बस्दैछ।
तारागाउँ होटल
यस होटलले चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारित गर्न पुस २४ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजेदेखि सभा बस्दैछ।