मुनाफा बढी खान्छन् भनेर धेरै प्रोभिजन गरिएको होइन, बैंकलाई बचाउन होः गभर्नर

३ पुष २०८१, बुधबार १९:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले मुनाफा बढी खान्छन् भनेर धेरै प्रोभिजन नभई बैंकलाई बचाउन गरिएको बताएका छन् ।

बैंकर्स संघका बार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको बताएका हुन् ।

उनले भने, ‘बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको हो । सेयरधनीले लाभांश बढी खान्छ भनेर प्रोभिजन गर्न लगाएको होइन । खराब कर्जा बढ्दो छ । यसलाई कम गर्न सबै गर्न लगाइएको हो ।’उनले ब्याजदर सस्तो हुँदा पनि कर्जा असुली नभएको बेलामा रेमिट्यान्स आउँदा सहज भएको बताए ।

गभर्नर अधिकारीले बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी पनि अर्को चुनौती रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*