सिटिजन बैंकको मोवाईल बैंकिङ एपबाटै आईपीओ भर्न सकिने, यस्तो छ प्रक्रिया

३ पुष २०८१, बुधबार १८:२४

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।

सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओ/एफपीओ/हकप्रदका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् । कारोवार सफलताको जानकारी ग्राहकले ‘रियल टाइम’ मा नै प्राप्त गर्नेछन् ।

आईपीओ/एफपीओ/हकप्रदका आवेदनको भेरिफिकेशन वा रिजेक्सनको रियल–टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्धता पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झट मुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्ने र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउनेमा बैंक विश्वस्त देखिएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*