बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
३ पुष २०८१, बुधबार १५:१२
काठमाडौँ । मंगलबार सामान्य सुधार आएको शेयर बजार आज भने ओरालो लागेको छ । विगत केहि समय यता बजार निरन्तर ओरालो लागि रहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोडको शेयर कारोबार भएको छ ।
आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सर्किट लागेको हो ।
साथै, मानुषि लघुवित्तको ८.२३ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.११ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो