सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिटेन्स सम्झौता

३ पुष २०८१, बुधबार १२:५५

काठमाडौं । दुबईकोे ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स कारोबार शुरू भएको छ ।

सम्झौतासँगै अब दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गन सकिने सिटी एक्सप्रेसले बताएको छ।

यस सम्झौताले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास सिटी एक्सप्रेसले लिएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालै सिटी पे वालेट मार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*